संसदीय समिति गठनको प्रक्रिया अगाडि बढ्ने

काठमाडौँ – प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेसँगै संसदीय समितिहरू गठन प्रक्रिया अगाड‍ि बढ्ने भएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली २०७९ लाई बहुमतले पारित गरेको हो। नियमावली पारित भएसँगै अब प्रतिनिधि सभाले १० वटा‍ विषयगत समिति पाउने भएको छ। नियमावलीका अनुसार प्रतिनिधि सभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशमा संसदीय समिति गठन हुने

वाग्मती प्रदेशमा संसदीय समिति निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले समिति निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

सेनाले बनाउँदै गरेको फास्ट ट्रयाकको अनियमितताबारे अध्ययन गर्न संसदीय समिति गठन

काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई दु्रतमार्ग निर्माणका क्रममा भएको भनिएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले दु्रतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल सदस्य रहनुभएको छ । उपसमितिलाई दोश्रो चरणको ठेक्का प्रक्रियामा ठेकेदार छनौट, बुंगमति खोकना क्षेत्रमा देखिएको विवाद, निर्माणका क्रममा भएका कमीकमजोरी र समयमै निर्माण सम्पन्न हुने नहुनेबारे पनि सुक्ष्म ढंगले अध्ययन गर्न भनिएको छ । काठमाडौं–तराई दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले निर्माण प्रक्रियाको दोश्रो चरणमा ठेकेदार कम्पनी छनौट गर्दा अनियमितता भएको उजुरी पछि समितिले त्यसतर्फ चासो देखाएको हो । छलफलका क्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराज शर्माले सेनाले निर्माणका सबै प्रक्रिया पारदर्शी ढंगले गरिरहेको दाबी गर्नुभएको थियो । उहाँले २ वर्षपछि पनि पुरानै दर रेटमा निर्माण सम्झौता भएको र ज्वईन्टभेन्चरमा नेपाली कम्पनीहरु पनि सहभागी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘स्वदेशीहरु सबैको ज्वइन्टभेन्चरमा आउनुभएको छ । त्यत्ति ठूलो काम गर्न उहाँहरुसंग पैसा नभएको हुनसक्छ । बैंक ग्यारेण्टी नभएको हुनसक्छ । तर अहिले विदेशी कम्पनीहरुसंग हाम्रो नेपाली दाजुभाई ठेकेदार सावहरुले ज्वइन्टभेन्चरमा आउनुभएको छ । सबै भन्दा ठूलो संख्यात्मक रुपमा उहाँहरुसंग मिसिएर आउनुभएको छ । हामीसंग यसको प्रमाण पनि छ ।’ उहाँले नेपाली सेनालाई प्रभाव पार्न खोज्ने समुहरु धेरै भएको र नसकेपछि उनीहरुले अरु ठाउँमा प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो इन्फ्लुयन्सी गु्रपहरु धेरै हुन्छ । हजुरहरुलाई पनि इन्फ्लुयन्समा पार्न सक्नुभएन तर अरु ठाउँमा पार्न सक्नुहुन्छ । नेपालमा नभएको भन्ने केही पनि छैन । मर्कै परेको छ भने उजुरी हाल्ने ठाउँ छ । पिपिएमओ को पिपिआरसिमा उजुरी दिनुपथ्र्यो । अड्काउन सजिलो छ । फुकाउन गाहे छ ।’ छलफलका क्रममा सांसदहरुले समयभित्र विकास निर्माणका आयोजना सम्पन्न हुन नसकेका विषयमा गम्भीर विश्लेषण गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले दु्रतमार्गको ...