राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाका पक्षमा संविधान र कानुनमा भएका अधिकारलाई प्रयोगमा ल्याउन सोहीअनुसार क्षमता विकास हुनुपर्नेमा जोड दिएका छन् । एक सय १२औँ नारी दिवसका अवसरमा पर्वतमा आयोजित ‘नेपालको संविधानमा महिलाका हकअधिकारको व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अधिकार प्राप्त गर्नका लागि महिलाले क्षमता पनि विकास गर्दै जानुपर्ने कुरामा जोड दिएका हुन् । महिलालाई धेरै वर्षअघि कानुनमा विभेद गरिएको चर्चा गर्दै अध्यक्ष तिमिल्सि