पशुपालन प्रवर्द्धनका लागि ‘सुत्केरी पशु पोषण भत्ता’

पर्वत । पर्वतको जलजला गाउँपालिकाले व्यावसायिक दुग्ध पशुपालन प्रवर्द्धनका लागि कृत्रिम गर्भाधान गराएर पाडा÷बाच्छा हुर्काउने किसानलाई ‘सुत्केरी पशु पोषण भत्ता’ दिँदै आएको छ । गएका तीन आवदेखि निरन्तरता दिइएको यो कार्यक्रमले स्थानीय जातका पाडापाडी तथा बाच्छाबाच्छी हुर्काउने क्रम बढेको पशु स्वास्थ्य प्राविधिक दीपक श्रेष्ठले बताए । कार्यक्रम शुरू भएको भएको पहिलो वर्ष ५८ जना र गतवर्ष ७२ जना कृषकले ब्याएका प्रतिपशुबापत २५ सय रुपैयाँका दरले रकम बुझेका छन् । नश्ल सुधार गरी दूध उत्पादन बढाएर कृषकलाई व्यावसायिक बनाउन तथा पाडा÷बाच्छा हुर्काउन गरिएको यो कार्यक्रमले कृषकलाई फाइदा पुगेको श्रेष्ठको भनाइ छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधानबारे कृषकको चासो र जानकारी बढेको उनले बताए । पशु पोषण भत्ता वितरण कार्यक्रममा यस वर्ष कम्तीमा पनि ७२ जना कृषकलाई समेट्ने लक्ष्य छ । भैंसीलाई राँगा लगाएर गर्भाधान गराउँदा ४ हजार रूपैयाँसम्म शुल्क तिर्नुपर्ने अवस्था रहेकाले पनि कृत्रिम गर्भाधान गराउने कृषक बढेका छन् । कृत्रिम गर्भाधानका लागि ३ सयदेखि ८ सय रुपैयाँसम्म शुल्क लाग्ने गरेको छ । कृत्रिम गर्भाधानको नश्ल सुधारबाट दूध उत्पादन समेत बढ्ने भएकाले आफूहरू यसमा आकर्षित भएको वडा नं ५ लेखफाँटका कृषक मोहदत्त सुवेदीले बताए । उक्त कार्यक्रम कार्यान्वयनका लागि १४ लाख ८० हजार रुपैयाँको साझेदारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए । गाउँपालिकाका पशुपालक कृषक, कृषक समूह, फर्म, सहकारी आदि लक्षित गरेर सहकार्यमा गाई÷भैंसी गोठ सुधारमा प्रतिगाई÷भैंसी प्रतिकृषक बढीमा २५ हजार, कम्तीमा तीनटा माऊ गाई वा भैंसी तथा १५ ओटा माऊ बाख्रा पाल्ने कृषकलाई सहकार्यमा चाफकटरका लागि २ लाख रुपैयाँ दिइने जानकारी उनले दिए । यसैगरी बंगुर, बाख्रा र कुखुरा पालनका लागि २ लाख, सहकार्यमा कृषि यान्त्रिक उपकरण वितरणका लागि २ लाख ३० हजार र बोयर जातका बोका तथा पाठी वितरणका लागि ३ लाख ५० हजार लगानी गर्न लागिएको छ ।

सम्बन्धित सामग्री

तनहुँमा २१ सुत्केरीलाई पोषण भत्ता

तनहुँको म्याग्दे गाउँपालिका कार्यालयले अध्यक्षसँग कार्यक्रमअन्तर्गत २१ सुत्केरीलाई पोषणका लागि रकम वितरण गरेको छ । थर्पु स्वास्थ्यचौकीको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाभित्रका सुत्केरीलाई जनही रु पाँच हजारका दरले पोषण भत्ता वितरण गरेको हो ।सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक पर्ने भएकाले सुत्केरीलाई प्रोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । “स्वस्थ्य बच्चा जन्मनका लागि आमा स्वास्थ्य र बलियो हुन आवश्यक पर्ने भएकाले पोषिलो खाना आवश्यक

म्याग्देमा २१ सुत्केरीलाई पोषण भत्ता

तनहुँ-  जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले अध्यक्षसँग कार्यक्रमअन्तर्गत २१ सुत्केरीलाई पोषणका लागि रकम वितरण गरेको छ । थर्पु स्वास्थ्यचौकीको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाभित्रका सुत्केरीलाई जनही पाँच हजारका दरले पोषण भत्ता वितरण गरेको हो । सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक पर्ने भएकाले सुत्केरीलाई प्रोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । ‘स्थ्य […]

हुम्लामा सुत्केरीले पाएनन् पोषण भत्ता

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन् । सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको जनाएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई रु दुई हजार भत्ता उपलब्ध गराउँदै आएको […]

सुत्केरीले पाएनन पोषण भत्ता

काठमाडौँ,२९ असार । हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन् । सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको जनाएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई रु दुई हजार भत्ता उपलब्ध गराउँदै […]

हुम्लामा सुत्केरीले पाएनन् पोषण भत्ता

२९ असार, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाका सुत्केरीले पोषण भत्ता नपाएको गुनासो गरेका छन् । सिमकोट–१, २, ३, ४, ७ र ८ का १०५ सुत्केरीले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट वञ्चित भएको जनाएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी भएबापत प्रदेश सरकारले प्रत्येक सुत्केरीलाई रु दुई हजार भत्ता उपलब्ध […]

सिमकोटका सुत्केरी महिला पोषण भत्ता पाउनबाट बञ्चित

सिमकोट – हुम्लाको सिमकोट गाउँपालकाका सुत्केरी महिलाले सरकारबाट पाउनुपर्ने सुत्केरी पोषण भत्ता नपाएको गुनासो गरेका छन्। सिमकोट गाउँपालिका वडा नम्बर १, २, ३, ४, ७ र ८ का १०५ जना सुत्केरी महिलाले आफूहरु कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको कर्णाली पोषण प्याकेज भत्ता पाउनबाट बञ्चित भएको बताएका हुन्। स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कर्णाली प्रदेश सरकारले […]

नारी दिवसमा सुत्केरीलाई पोषण भत्ता

तनहुँ─ तनहुँको म्याग्दे गाउँपालिकाले पालिकामा रहेका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई पोषण भत्ता वितरण गरेर अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले नारी दिवसमा पोषण भत्ता वितरण गरेको हो । मंगलबार गाउँपालिकाले जामुनेमा भएको अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रममा ५० जनालाई तीन हजार रुपैयाँका दरले पोषण भत्ता वितरण गरिएको छ । […]

स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता दिइने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ मा स्वास्थ्यचौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता दिइने भएको छ । घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालिएको हो ।  तीन वर्षदेखि निरन्तर रुपमा वडा कार्यालयले स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा प्रसूति हुने महिलालाई भत्ता बापतको रकम दिँदै आएको छ । स्वास्थ्यचौकीमा शिशु जन्मेको ३५ दिनभित्रै जन्म दर्ता गराएपछि भत्ताबापतको रकम उपलव्ध गराउने व्यवस्था गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।  यो कार्यक्रम अ...

एनआइसी एसिया बैंकको लापरबाहीले गुम्यो ९२० बालबालिकाको पोषण भत्ता

जाजरकोट : बैंकको लापरबाहीले भेरी नगरपालिकाका ९२० बालबालिकाले एक वर्षको पोषण भत्ता गुमेको छ। एनआइसी एसिया बैंकले सम्झौताअनुसार काम नगर्दा भत्ता गुमेको नगरपालिकाका पदाधिकारीले बताएका छन्।सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिँदै आएको पोषण भत्ता बापतको रकम ४७ लाख रूपैयाँ एनआइसी एसिया बैंकमा गत असार २८ गते नगरपालिकाले जम्मा गरेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए। आर्थिक वर्षको अन्त्यमा काटेको चेक १५ दिनभित्र नसाटे चेक स्वतः रद्द हुन्छ। अन्तिम म्याद साउन १२ गतेसम्म थियो। तर‚ म्यादसम्म पनि ब