विराटनगर : मोरङ क्षेत्र नं. ५(१) प्रदेशतर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले अग्रता कायम गरेका छन्। अर्यालले प्रदेश १ का स्वास्थ्यमन्त्री रहेका जसपा जयराम यादवलाई २ हजार ९८ मतले पछि पार्दै अग्रता लिएका हुन्।हालसम्म ६ हजार ५६९ मत गणना गर्दा अर्यालले ३ हजार ६ सय ६१ मत ल्याएका छन् भने प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका उम्मेदवार यादवले १ हजार ५ सय ६३ मत ल्याएर पछ्याइरहेका छन्।६ हजार ५६९ गणना गर्दा ६ हजार १ सय ८२ मत सदर भएको थियो भने ३८७ मत बदर