मोरङ- भारतसँग जोडिएका कोसी प्रदेशका तीनवटा तराई जिल्लाका सीमानाकामा स्थानीय प्रशासनले सतर्कता बढाएको छ। स्थानीय प्रशासनले झापा, मोरङ र सुनसरीतर्फको नाकामा सतर्कता बढाएको हो। तराई क्षेत्रमध्ये सुनसरीको विभिन्न स्थानमा हुने भनिएको मुस्लिम समुदायको धार्मिकसभाका लागि भारततर्फबाट नागरिक आउनेक्रम बढेसँगै प्रशासनले सतर्कता अपनाएको हाे। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार पछिल्लो समय सीमाक्षेत्रबाट आउजाउ बढेसँगै प्रहरीले धार्मिकसभाका […]