बिरामीको चाप कम हुने भएकाले शान्त वातावरणमा थप अध्ययन गर्न पाइने र प्रोत्साहन भत्ता मिल्ने भएकाले कतिपय चिकित्सक दुई वर्षसम्म दुर्गममा बस्न रुचाउँछन् । कतिपय भने एक वर्ष पूरा भएपछि सरुवा लिएर अन्यत्र जान्छन् ।
नेपाल सरकारको छात्रवृत्तिमा पढेका चिकित्सक दुर्गममा जान आनाकानी गर्ने प्रचलन बढ्दै गएको छ । राज्यको लगानीमा अध्ययन गर्ने तर अध्ययन पूरा भएपछि रोइकराइ र राजनीतिक दबाब लगाएर सुगममा बस्ने प्रवृत्ति कायमै रहेको छ ।
सरकारी तथा निजी मेडिकल कलेजले स्वास्थ्य मन्त्रालयले तोकेको जिल्ला अस्पतालमा शल्यक्रियासहितको विशेषज्ञ सेवा नदिँदा बिरामी घण्टौं धाएर प्रादेशिक अस्पताल वा संघीय राजधानी काठमाडौंसम्म पुग्न बाध्य छन् । जिल्ला अस्पतालमा उपचार नपाएर बिरामीले अकालमा ज्यान गुमाइरहे पनि मेडिकल कलेजहरूले दुर्गममा चिकित्सक खटाउन आनाकानी गर्दै आएका छन् ।
पाँचथर – हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्का डाक्टर त्याे दरबन्दीमा खटाइए । चिकित्सकविहीन अवस्थामै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्थायी कोभिड–१९ अस्पताल बनाइयो ।
कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरको अन्त्यतिर सङ्घीय सरकारको निर्देशनअनुसार गाउँपालिकाले चिकित्सककाे भर्ना लिइ प्राथमिक स्वास्थ्य केन्द्रमा खटायो । तीन महिनापछि गाउँपालिकाको स्रोतले चिकित्सकला...
भर्ना भइसकेका विद्यार्थीलाई पनि योग्यताक्रमबाट हटाइयो
सुगममा बसेर दुर्गममा काम गरेको झुटो विवरण पेस गर्ने ४९ डाक्टरले विशेषज्ञ चिकित्सक (एमडी/एमएस) अध्ययन गर्ने मौका गुमाएका छन् । कतिपयको सरकारी मेडिकल कलेजमा नि:शुल्क छात्रवृत्तिको...
सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले...पूरा पढ्नुहोस् »
काठमाडौं : सरकारले विषय विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न नसक्दा सगरमाथा अञ्चल अस्पताललगायतदेशका करिब दुई दर्जन ठूला अस्पतालमा पुग्ने बिरामीको अवस्था दर्दनाक छ। विशेषज्ञ सेवा नपाउँदा ज्यान गुमाउनेको संख्या बढ्दै छ।
पूर्वदेखि पश्चिमसम्मका जिल्ला, अञ्चल र क्षेत्रीय अस्पतालको विशेषज्ञ सेवा दयनीय छ। केही साताअघि डडेलधुरा उपक्ष...
काठमाडौं । ‘दुर्गममा सेवा–सुविधा मिल्दैन’ नेपाल सरकारी चिकित्सक संघ गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे सरकारी चिकित्सकको पारिश्रमिक ज्यादै न्यून भएको र कष्ट मोलेर दुर्गममा जाँदा पनि सेवा–सुविधामा वृद्धि नहुँदा यस्तो समस्या आएको बताउँछन्।