दुर्गममा चिकित्सक पाउनै गाह्राे, पाए टिकाउन साह्राे

पाँचथर – हिलिहाङ गाउँपालिका–३ गोपेटारको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी भएका चिकित्सक अध्ययन बिदामा गएको दुई वर्ष नाघ्यो । दरबन्दीका चिकित्सक अध्ययन बिदामा गएपछि दुई वर्षसम्म न त उनी फर्के न अर्का डाक्टर त्याे दरबन्दीमा खटाइए । चिकित्सकविहीन अवस्थामै प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्थायी कोभिड–१९ अस्पताल बनाइयो ।  कोरोना भाइरस सङ्क्रमणको पहिलो लहरको अन्त्यतिर सङ्घीय सरकारको निर्देशनअनुसार गाउँपालिकाले चिकित्सककाे भर्ना लिइ प्राथमिक स्वास्थ्य केन्द्रमा खटायो । तीन महिनापछि गाउँपालिकाको स्रोतले चिकित्सकला...