काठमाण्डाै - चालु आर्थिक वर्षभित्र नारायणगढ–मुग्लिन सडक खण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सकिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको छ ।
आयोजनाका प्रमुख किरण कार्कीले निर्माण भइरहेका १५ वटा पुलमध्ये १२ पुलकाे यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताउनुभयो । उन्नाइस पुलमध्ये चार पुलकाे यसअघि नै निर्माण सम्पन्न भइसकेकाे उहाँले जानकारी दिनुभयो । पछिल्लोपटक १५ पुल निर्माणका लागि दुई प्याकेजमा ठेक्का आह्वान गरेर काम ...