रुसले युक्रेनसँग शान्ति वार्ताका लागि बेलारुसको सहर होमल प्रस्ताव गरेकोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बेलारुस वार्ताका लागि उपयुक्त ठाउँ नभएको बताउनुभएको छ । वार्ताका लागि रुसी प्रतिनिधिमण्डल बेलारुस पुगिसकेको तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले त्यो ठाउँ उपयुक्त नरहेको बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एउटा भिडियो सन्देश जारी गर्दै वार्सा, ब्राटिस्लाभा, इस्तानबुल, बुडापेस्ट वा बाकुमा वार्ता गर्न सक्ने बताउनुभएको छ । सन्देशमा जेलेन्स्कीले आफूहरू वार्ताका लागि तयार रहेको तर ब...