काठमाडौं : निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका– १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएकामा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ। वडाध्यक्ष रिजालले काठमाडौं निर्वाचन क्षेत्र–७ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो।आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले