विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षर फायल गर्दै, सरकार गठनमा दाबी गर्ने

काठमाडौं। विपक्षी गठबन्धनले नयाँ सरकार गठनको दाबी गर्न तयारी थालेको छ। आज सिंहदरबारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधव समूह नयाँ सरकार गठनको तयारीमा जुटेका छन्। अहिले सांसदहरुको हस्ताक्षर संकलन गरेर फायल गर्ने तयारी भइरहेको जसपाका एक सांसदले देखापढीलाई बताए। ती सांसदले भने, ‘सांसदहरुको हस्ताक्षर फायल भइरहेको छ। प्रधानमन्त्रीमा कसलाई अघि सार्ने भन्ने टुंगो लागेको छैन।’

सम्बन्धित सामग्री

लुम्बिनीमा १६८ (२) बमोजिम सरकार गठन गर्न आह्वान

लुम्बिनी प्रदेशमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन दाबी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् ।

लुम्बिनीमा सरकार गठन अन्योलमा, एमाले कांग्रेस दुबैको दाबी

बुटवलः विश्वासको मत नपाएपछि सत्ता गुमाएको नेकपा (एमाले) ले ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको थियो।   गिरीले सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर संविधानको धारा १६८(३) अनुसार सरकार गठन गर्न आग्रह…

प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदै, को बन्लान् मुख्यमन्त्री?

काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदैछ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ । गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको […]

मधेसबाहेक सबै प्रदेशमा सरकार गठन गर्न आह्वान

काठमाडौँ । सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले समय तोकेर आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश १ मा पुस २४ को समय तोकिएको छ भने बागमती र

एक साताभित्र प्रदेश १ मा नयाँ सरकार गठन हुने

इटहरी । प्रदेश १ मा एक साताभित्र नयाँ सरकार गठन हुने भएको छ । आइतबार प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पुस २४ गते आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् । आइतबार विज्ञप्ति जारी गर्दै कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त […] The post एक साताभित्र प्रदेश १ मा नयाँ सरकार गठन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नयाँ सरकार गठन गर्न प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेश

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनको दाबी पेश गरेका छन्। उनले माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका १६६जना सांसदको समर्थन रहेको दाबी पेश गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आज बेलुकी पाँचसम्म दाबी पेश गर्न आव्हान गरेकी थिइन्।

शेखर कोइरालाको दाबी : गठबन्धनले नयाँ सरकार गठन गर्छ

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज (मंगलबार) आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र […]

राष्ट्रपतिद्वारा बहुमतको सरकार गठन गर्न ३० गतेको समयसीमा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख ३० गतेभित्र बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत नपाएर पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने संसद सदस्यलाई ३० गते साँझ ९ बजेभित्र दाबी पेश गर्न आह्वान गरेकी हुन्।

तीन दिनभित्र बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान !

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठन गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई यही वैशाख ३० गते राति नौ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको हो । यसअघि आज दिउँसो नै भएको मत विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत जुटाउन असफल हुनुभएको थियो ।

जनमत लत्याएर अपवित्र सरकार गठन नहोस् : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले आम चुनावबाट दिएको जनमत लत्याएर कुनै पनि प्रकारको अपवित्र सरकार गठन हुन नहुने बताउनुभएको छ । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनस्र्थापनासम्बन्धी फैसलापछिको परिस्थतिमा सरकारको प्रसङ्गबारे उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । अध्यक्ष केसीले सर्वप्रथम त प्रतिनिधि सभा विघटन गर्नु नै अनुचित भएको बताउनुभयो । संसदीय राजनीतिमा फोहोरी खेललाई न्यूनीकरण गर्न २०७२ सालको संविधानले कतिपय व्यवस्था राखेको बताउँदै उहाँले त्यसलाई अतिक्रमण गर्नु ओलीको गम्भीर भुल भएको बताउनुभयो । युगदर्शनसित कुराकानी गर्दै उहाँले २००७ साल र २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको संविधानमा संसद विघटन गर्ने प्रावधान नराखिएको बताउनुभयो । २०७२ सालको संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीमा हुँदै नभएको बताउँदै प्रधानमन्त्री ओलीको त्यो गल्तीलाई सर्वोच्च अदालतले सच्याइदिएको बताउनुभयो । सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार गठनको सन्दर्भमा उहाँले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद आफ्नो स्वार्थअनुकूलको अपवित्र सरकार गठन गर्न खोजिरहेका छन् । उनीहरूको यस्तो प्रयासलाई सफल हुन दिनुहुँदैन ।’ अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमणको सन्दर्भमा यस खालको अपवित्र सरकार गठन गर्न खोजिरहेकोतर्फ उहाँले सङ्केत गर्नुभयो । ‘तपाईंलाई थाहै छ नि, अमेरिका र भारतले के चाहिरहेका छन् भन्ने कुरा’ अध्यक्ष केसीले भन्नुभयो– ‘अमेरिका आफ्नो हिन्दप्रसान्त रणनीतिअन्तर्गत एमसिसी पारित गर्न चाहन्छ । त्यसैले उसले अब बन्ने सरकार त्यही खालको होस् भन्ने चाहन्छ ।’ उहाँले भन्नुभयो– ‘त्यसैगरी भारत पनि नेपालमा आफ्नो साम्राज्यवादी अभीष्ट पूरा गर्ने खालको आगामी सरकार बनोस् भन्ने चाहन्छ ।’पछिल्लो समयमा भारतीय साम्राज्यवादले लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमणलाई बैधानिकता दिने प्रयास गरिरहेको अध्यक्ष केसीले दाबी गर्नुभयो । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषयमा आवाज नउठोस् भन्ने चाहन्छ भारतीय साम्राज्यवाद’ उहाँले भन्नुभयो– ‘त्यही योजनानुसार नेपालमा अर्को सरकार बनोस् भन्ने भारत चाहन्छ ।’ यस सन्दर्भमा उहाँले एमसिसी र लिम्पियाधुरा अतिक्रमणको स्वार्थ प्रतिबिम्बित हुने गरी नेपाली काङ्ग्रेस, जनता समाजवादी र निवर्तमान नेकपाको एउटा पक्षलाई समेटेर सरकार बनाउने प्रयास भइरहेकोतर्फ सङ्केत गर्नुभयो । ‘यी सबै केपी शर्मा ओलीका कारणले भइरहेको छ’ अध्यक्ष केसीले भन्नुभयो– ‘ओलीले ...