काठमाण्डाै – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले धेरै धन, सम्पत्ति हुने मान्छेहरूको नाम सार्वजनिक गर्नुपर्ने बताउनुभएकाे छ । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’ मा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
सांसद सुवालले धनी र प्रतिष्ठित व्यक्तिको नाम सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले धनी मान्छेहरूको सम्पत्ति सार्वजनिक गर्नुप...