वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई कारण देखाउँदै नेपाल राष्ट्र बैंकले वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको छ। नबिल बैंक र एनआईसी एसिया बैंकले पनि सुरक्षा मूल्याङ्कन तथा प्राविधिक सुधारका लागि केही अनलाइन सेवा प्रभावित भएको सूचना सार्वजनिक गरेका छन्। कात्तिक ६ गतेको राष्ट्र बैंकको सूचनामा अत्यावश्यक जानकारीका लागि बैंकको आधिकारिक सामाजिक […]
काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । ‘एनपिएलको तेस्रो संस्करणका लागि बङ्लादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ’, पोखराले भनेको छ । सैफउद्दिन बलिङ र […]
लुसर्न (स्विट्जरल्यान्ड) । जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिरहेका बेला त्यहाँ वर्षौंदेखि बरफभित्र दबिएका पुराना वस्तु, ऐतिहासिक सामग्री र वातावरणीय परिवर्तनका प्रमाण बाहिर आउन थालेका छन् । यस्ता सामग्री समेटेर लुसर्नस्थित ग्लेसियर गार्डेनले ‘ट्रेजरी अफ आइस’ अर्थात् ‘बरफको खजाना’ नामक प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीमा प्राचीन सिकारीले प्रयोग गर्ने धनुष, मेयोनेजको खाली […]
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने निजी तथा पारिवारिक भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकिता र मन्त्री प्रतिभा रावलका साथ भारततर्फ प्रस्थान गरेका हुन्। शुक्रबार बिहान काठमाडौँबाट हवाईजहाजमार्फत धनगढी पुगेका उनीहरू त्यहाँबाट सडक मार्ग हुँदै भारततर्फ लाग्ने कार्यक्रम रहेको छ। लामिछानेको सचिवालयले यस भ्रमणलाई निजी तथा […]