काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका विमानस्थलहरू हेर्न लायक र रहरलाग्दा बनाइने बताउनुभएको छ ।
आज आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले भन्नुभयो, ‘विमानस्थलहरूकै बाटो भएर पर्यटक तथा यात्रु ओहरदोहर गर्छन्, तिनै विमानस्थल फोहर भए अवस्था के होला ? नेपालका सबै विमानस्थलको थप विकास तथा विस्तार गरी पर्यटकसहित यात्रु लोभिने खालका बनाउँछु ।’
मन्त्री आलेले यात्रुले पाँच मिनेटमा नै आफ्नो सामा...