घोराही : दाङको घोराही उपमहानगरले डम्पिङ साइटलाई व्यवस्थित गरेको छ। डम्पिङ साइट व्यवस्थित बनाइएपछि घोराही बजार र उपमहानगरभित्रको बस्तीबाट फोहर सङ्कलन र व्यवस्थापन प्रभावकारी रूपमा हुन थालेको हो।यसअघि जथाभावी फोहर थुपार्दा दुर्गन्ध भएको भन्दै उपमहानगरपालिकाको १६ नं वडा करौती डाँडाका स्थानीयले विरोध गरेका थिए। त्यही फोहर फालेको ठाउँ माटोले पुरेर बगैँचा बनाइएपछि अहिले सुन्दर ठाउँ बनेको छ। बगैँचामा विभिन्न किसिमका फूल रोपिएका छन्।फोहरले दुर्गन्धित भएको भन्दै आन्दोलन गर्ने स्थानीय बासिन्दाले बगैँचा नि