दाङ - दाङको घोराही उपमहानगरपालिकाले घर-घरबाट फोहर किन्न गर्न थालेको छ । गल्ने फोहरबाट ग्यास र मल उत्पादन गर्नका लागि र नगल्ने फोहरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने उद्देश्यअनुसार उपमहानगरपालिकाले शुक्रवारदेखि नगरवासीको घरघरमा पुगेर फोहर किन्न सुरु गरेको हो । गल्ने फोहरबाट ग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुर्याएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।फोहर सङ्कलनबारे केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले शुक्रवारदेखि नागरिकहरुको घरमै पुगेर फ...