सल्यान : जंगलमा घुमन्ते जीवन बिताउने राउटे समुदाय झन्डै १० वर्षपछि सल्यान आएका छन्। विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे १० वर्षपछि पुनः सल्यान फर्किएका हुन्।
सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका-५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका हुन्। नेपालमा अन्तिम घुमन्ते जातिमध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन्।
लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन्। कृषि उद्यम नगर्ने ...