प्रहरीले उठायो करिब ३ अर्ब राजस्व, राजस्व संकलनमा ३३.६१ प्रतिशतले वृद्धि

काठमाडौं। नेपाल प्रहरीले गत आर्थिक वर्ष २०७७/७८मा कुल २अर्ब ९०करोड ९७लाख१३हजार९२३ रुपैयाँ राजस्व संकलन गरेको छ। प्रहरीले संकलन गरेको सो रकम अघिल्लो आर्थिक वर्ष २०७६/७७को भन्दा ३३.६१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष प्रहरीले २अर्ब१७करोड७६लाख४२हजार३५४ रुपैयाँ राजस्व संकलन गरेको थियो। अवैध सुन–चाँदी बरामद, भिओआइपी, अवैधमुद्रा बरामद, अवैध सामान बरामद, काठ, अदालती फैसला र ट्राफिक कारवाहीबाट प्रहरीले राजस्व संकलन गरेको हो।

सम्बन्धित सामग्री

आर्थिक मन्दीले राजस्व संकलन प्रभावित

आर्थिक मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको कारण व्यापार व्यवसाय संकटमा परेपछि राजस्व संकलन प्रभावित हुन थालेको हो । व्यापार घटेपछि व्यवसायीहरू बैंकको किस्ता र राजस्व बुझाउने अवस्थामा रहेका छैनन् । सोही कारण राजस्व संकलन निरासजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । […]

महाकालीको रोयल्टी राजस्व संकलनमा बदमासी

कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थको रोयल्टी राजस्व संकलनमा बदमासी भईरहेको पाइएको छ। भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० मा महाकाली नदीमा ठेक्का नलागेपछि सिधै दैनिक कर्मचारी राखेर राजस्व संकलन गरिरहेको छ।  महाकाली...

अर्थले भन्यो : राजस्व संकलन सुधारोन्मुख छ

२२ चैत, काठमाडौं । आन्तरिक रुपमा वित्तीय दबाबका बाबजुद राजस्व संकलन सुधारोन्मुख रहेको अर्थ मन्त्रालयले बताएको छ । अर्थसचिव तोयम रायले यस्तो जानकारी गराएका हुन् । नेपाल डेभपलमेन्ट अपटेड (अप्रिल २०२३) को बुधबार सार्वजनिक कार्यक्रममा उनले चालु आर्थिक वर्षको पहिलो महिनादेखि सुस्त रहेको राजस्व संकलन सुधारोन्मुख रहेको बताए । राजस्व संकलनमा सुधार हुने अपेक्षा गरिएको […]

महानगरको राजस्व संकलनमा कमी

भरतपुर महानगरले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन । योे ६ महिनाको अवधिमा लक्ष्यको २७ प्रतिशतमात्रै राजस्व संकलन भएको छ । महानगरपालिकाले न्यूनतम एक अर्ब आन्तरिक आम्दानी गर्नुपर्ने कानुनी प्रावधान छ । ६ महिनामा करिब सात करोडमात्र राजस्व संकलन भएको छ । मेयर रेनु दाहालले राजस्व संकलनमा कमी आएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । बिहीबार […]

कैलालीमा ४५ प्रतिशतले राजस्व संकलनमा गिरावट

कैलालीमा चालू आर्थिक वर्षमा भारी मात्रामा राजस्व संकलनमा गिरावट आएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा आर्थिक गतिविधि घटेसँगै राजस्व संकलनमा गिरावत आएको हो ।विगतका आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढी संकलन हुँदै आएको राजस्व चालू आर्थिक वर्षमा लक्ष्य भन्दा झन्डै आधा मात्रै राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९-२०८० को पहिलो चौमासिकमा १ अर्ब ७ करोड ३४ लाख ९० हजार रुपैयाँ संकलन गर्नुनपर्ने लक्ष्य निर्धारण गरिएको भए पनि ५९ करोड ६ लाख २२

राजस्व संकलन लागत घट्दै, १००० संकलन गर्न २.२३ रुपैयाँ खर्च

१८ मंसिर, काठमाडौं । नेपालमा राजस्व संकलनमा लाग्ने लागत क्रमशः घट्दो क्रममा देखिएको छ । आर्थिक वर्ष (आव) २०७८/७९ मा आन्तरिक राजस्व विभागले प्रतिहजार राजस्व संकलन गर्न २.२३ रुपैयाँ खर्च गरेको छ । यस्तो लागत क्रमशः घट्दो क्रममा देखिएको विभागको तथ्यांकले देखाएको छ । यस आवमा ४ खर्ब ८३ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक राजस्व […]

कैलालीका भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन

कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलनमा कमी आएको छ । दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ती कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो ।  आव २०७८/०७९ मा विभागले ११ अर्ब ८२ करोड राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकामा तोकिएभन्दा नौ अर्ब ५८ करोड कम राजस्व उठेको सूचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् । “यस वर्ष लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । यस वर्ष संकलन भएको राजस्व लक्ष्यको ८१ प्रतिशत

राजस्व संकलनमा सुधार, चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन

काठमाडौं । कोरोना महामारी केही कम भएसँगै सरकारको राजस्व संकलन सामान्य अवस्थामा फर्किएको छ । कोभिड संक्रमणको २ वर्षसम्म ऋणात्मक भएको राजस्व संकलन पछिल्लो समय लयमा फर्किएको सरकारी अधिकारीहरुको दावी छ । चालु वर्षको साढे ५ महिनामा ४ खर्ब ८ अर्ब राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले यो वर्ष राजस्वबाट १० खर्ब […]

मालपोत कार्यालय बैतडीको राजस्व संकलनमा वृद्धि

बैतडी– मालपोत कार्यालय बैतडीको राजस्व संकलनमा वृद्धि भएको छ। कार्यालयले गत आर्थिक वर्षमा ८३ लाख ३६ हजार ११० राजस्व संकलन गरेको छ। ०७६/७७ मा ६१ लाख २६ हजार २ सय ७९ रुपैयाँ मात्र राजस्व संकलन भएकामा गत वर्ष २२ लाख नौ हजार ८ सय ३१ ले बढी संकलन भएको मालपोत कार्यालय बैतडीका कार्यालय प्रमुख दिलाराम […]

लक्ष्य अनुसार राजस्व संकलन भएन

कञ्चनपुर भन्सार कार्यालयमा लक्ष्य अनुसार राजस्व संकलन कमी भएको छ । बढ्दो कोरोना महामारीको प्रभावका कारण भन्सार कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलनमा कमी भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी प्रमानन्द जोशीका अनुसार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्नका लागि अग्रसर भएको भएपनि कोरोना महामारीका कारण लक्ष्य अनुसार राजस्व संकलनमा कमी आएको छ ।“विगतका वर्षमा […]