संखुवासभा- खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी–३ का राजेशभगत श्रेष्ठ, रमेश बुढाथोकी र खाँदबारी–४ का रवी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट एक ग्राम १० मिलिग्राम ब्राउन सुगर, बुढाथोकीको साथबाट एक ग्राम ६५ मिलिग्राम अफिम र […]