बैंकहरूलाई पनि सातामा २ दिन बन्द, कार्यालय समय बढाइयो

काठमाडौँ - सरकारले शनिबार र आइतबार बिदा दिने भएपछि नेपाल राष्ट्र बैंकले पनि बैंकहरू २ दिन बिदा दिने निर्णय गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो। जेठ १ गते आइतबारदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ । ...

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडकखण्डमा २ दिन सवारी नरोकिने

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डमा शनिवार र आईतवार २ दिन सवारी नरोकिने भएको छ। पुल निर्माणका लागि भित्तो काट्न भन्दै पुष ५ गतेदेखि दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको थियो। तर २ दिन भने माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो। सङ्क्रान्तिमा देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

श्रम तथा रोजगार कार्यालय ताहचलले तिहार बिदाको २ दिन सेवा प्रदान गर्ने

काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहचलबाट तिहार बिदाको २  दिन सेवा प्रवाह हुने भएको छ । सरकारले कात्तिक ७ गतेदेखि १३ गतेसम्म तिहार बिदा दिए पनि कार्यालयले ७ गते र ८ गते सेवा प्रवाह गर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जानेहरूको अन्तिम श्रम स्वीकृति प्रदान गर्ने निकाय भएकाले पनि सार्वजनिक बिदाको २ दिन सेवा प्रदान गर्ने र कात्तिक ९ गतेदेखि मात्र सेवा प्रवाह बन्द हुने कार्यालयले जनाएको छ । श्रम स्वीकृति सम्बन्धी सबै सेवा अनलाइनबाटै प्रवाह भए पनि बायोमेट्रिक नभएका श्रमिकहरू अहिले पनि श्रम स्वीकृति लिन कार्याल...

हप्तामा २ दिन बिदा खारेज, आजदेखि कार्यालय समय पुरानै कायम

हप्तामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो।...

हप्तामा २ दिन बिदा खारेज, आजदेखि कार्यालय समय पुरानै कायम

काठमाण्डाै - आजदेखि बिदा र कार्यालय समय पुरानै कायम भएको छ । आजदेखि बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले जनाएको छ । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो । यो निर्णय खारेज भएसँगै आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ । यस्तै शुक्रवार...

हप्तामा २ दिन बिदा भए पनि आइतबार अस्पतालका ओपीडी बन्द नहुने

१८ चैत, काठमाडौं । जेठ १ देखि हप्तामा दुई दिन सरकारी कार्यालय बन्द भए पनि अस्पतालका बहिरंग सेवा (ओपीडी) आइतबार भने बन्द नगर्ने भएको छ । उच्च स्रोतका अनुसार स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा अति आवश्यक हुने भएकाले मन्त्रालय आइतबार ओपीडी सेवा बन्द नगर्ने निषकर्षमा पुगेको छ । ‘दुई दिन बिदा नदिने पक्षमा स्वास्थ्यमन्त्री र […]

२ दिन बिदा कायम भएपछि कार्यालय समय बढ्यो

सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको छ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय भने बढेको हो ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना

हप्तामा २ दिन बिदाको ‘च्याप्टर क्लोज’, कसले रोक्यो प्रस्ताव ?

केही दिन अघिसम्म सातामा २ दिन बिदा दिने विषय करिब करिब निर्णय नै भईसकेको जसरी प्रचार गरिएको थियो । इन्धनको खर्च कटौती गर्ने उपायका रुपमा हप्तामा २ दिन बिदा दिने र बाँकी ५ दिन बिहान ९ बजेबाट कार्यालय खोल्ने प्रस्ताव आएको थियो ।आयाल निगमको प्रस्तावमा अर्थ मन्त्रालय सहमत भएपछि यो विषय मन्त्रिपरिषदमा पनि पुग्यो । तर, अब सातामा २ दिन सरकारी बिदा दिने प्रस्तावको ‘च्याप्टर’ तत्कालका लागि ‘क्लोज’ भएको छ ।इन्धनको खपत घटाएर खर्च कटौती गर्न शनिबार र आइतबार बिदा दिने तयारी भएपनि अब तत्काल यो निर्णय नहुने भएको छ । कसरी भयो ‘च्याप्टर क्लोज’हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा सरकारी कार्यालय पूरै बन्द हुने र यसो हुँदा सरकारी राजश्व संकलनमा प्रत्यक्ष असर पर्ने निश्कर्ष सरकारी अधिकारीहरुले मन्त्रीहरुलाई सुनाए ।अर्थमन्त्री जनार्दन शर्मा २ दिन सरकारी बिदा दिने विषयमा सकारात्मक देखिएपनि अर्थकै अधिकारीहरुले बजेट निर्माणको चरण, राजश्व उठाउनुपर्ने समय र विकास बजेट खर्च गर्ने अवधिमै २ दिन बिदा दिँदा अपजस अर्थ मन्त्रालयमै आउने भन्दै उनलाई कन्भिन्स गराए । यति मात्रै नभई, पहिला पनि हप्तामा २ दिन सार्वजनिक बिदा दिईएको र त्यो पूर्णतः असफल भइसकेको नजिर पनि अधिकारीहरुले सुनाए । सरकारी अधिकारीले यस्तो निष्कर्ष र विगतको नजिर सुनाएपछि मन्त्रिमण्डल पनि हप्तामा २ दिन बिदा दिने बहस थाती राख्दै निर्णयको कदमबाट पछि हटेको हो । सातामा २ दिन बिदा दिने निर्णय नभएपछि मन्त्रिपरिषदको चैत ३० गतेको बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । नयाँ आर्थिक वर्षपछि मात्रै बहसहप्तामा २ दिन बिदा दिने विषय अब असार मसान्तसम्म मन्त्रिमण्डल वा कुनैपनि मन्त्रालयमा छलफल नहुने भएको छ । नयाँ आर्थिक वर्षपछि मात्रै फरक कोणबाट यसबारे बहस गर्न सकिने निकष्र्षमा अधिकारीहरु पुगेको बताइन्छ ।

अब निर्वाचन आयोगका कार्यालय नियमित ९ घण्टा खुल्ने

काठमाडौं, १ फागुन । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगको कार्यालयहरु अब नियमित ९ घण्टा खुल्ने भएका छन् । आयोग र आयोग अन्तर्गतका कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म तय गरिएको हो । आजबाट हप्तामा २ दिन सोमबार र बिहीबार अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरबाट पत्रकार सम्मेलन गर्ने आयोगले जानकारी दिएको छ […]

आजदेखि २ दिन काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा

स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार र मंगलबार दुई दिन काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने जनाएको छ ।   कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र लगाउन लागिएको कार्यालयको भनाइ छ ।  काठमाडौं महानगरपालिकासहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालयले विद्युतीय दर्ता अनिवार्यरुपमा गराइ स्वास्थ्य मापदण्ड पालना गरेर खो...