सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको छ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय भने बढेको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना