लन्डनमा अनसनरत भूपू गोर्खाले १३ औं दिनमा तोडे अनसन

विगत १३ दिनदेखि आमरण अनसनमा बसेका  भूपू गोर्खाहरुले आजबाट अनसन तोडेका छन् । बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेर सत्याग्रहीहरुलाई जुस पिलाएर अनसन तोडाएका हुन् ।  समान अधिकारको मागसहित भूतपूर्व गोर्खाहरुले जुलाई २१ देखि १७ दिने रिले अनसनपछि हाल १३ दिनदेखि आमरण अनसन बस्दै आएका थिए । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सचिव धन गुरुङ र महिला अभियन्ता पुष्प राना घले आमरण अनसनम