खोटाङ : बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडकको स्तरोन्नति अगाडि बढेको छ। संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो। प्रदेश सरकार र गाउँपालिकाको ५०\५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम शुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए। बराहपोखरी गाउँपालिका–२ सुन