खड्क सुनारमुगुमा रहेका चारवटै स्थानीय तहहरूमा समयमै खाद्यान्न ढुवानी नहुँदा यहाँका स्थानीयहरू चर्को मूल्य तिरेर खाद्यान्न उपभोग गर्न बाध्य भएका छन् । खाद्यान्न ढुवानीको जिम्मा पाएका ठेक्कादारहरूले समयमा खाद्यान्न ढुवानी नगर्दा मुगुवासी महँगोमा खाद्यान्न किनेर छाक टार्न बाध्य भएका हुन् । खाद्य व्यवस्था तथा कम्पनी लिमिटेड शाखा कार्यालय गमगढी बाट २०७८/०७९ मा मुगुम कामारोङ्गको पुलु डिपोमा एक हजार क्विन्टल, सोरुकोट डिपोमा एक हजार ५०० क्विन्टल, श्रीकोट डिपोमा एक हजार क्विन्टल र सदरमुकाम गमग