राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ । आयोगले घटनाको स्थलगत अनुगमनपछि अवस्था सार्वजनिक गर्दै चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन र सवारीको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको हो ।