लन्डन । राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएपछि बेलायतस्थित भूतपूर्व गोर्खा सैनिकले अवरुद्ध वार्ता अघि बढ्ने विश्वास लिएका छन् । राजदूत नहुँदा बेलायतसँग डिसेम्बरमा हुने भनिएको वार्ता हुन नसकेपछि निराश बनेका भूपु गोर्खा सैनिक राजदूत नियुक्त भएसँगै हर्षित सुनिएका छन् । परराष्ट्र मन्त्रालयले केही दिनमै गोर्खा सैनिक र राजदूत आचार्यलाई बोलाएर छलफल चलाउने भएको छ । […]