जोहन्नेसबर्ग- अफ्रिकी महादेशमा चिनियाँ ऋणको प्रवाह दुई दशकयताकै न्यून विन्दुमा पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गत वर्ष चीनले अफ्रिकामा १ अर्ब डलरभन्दा कम ऋण प्रवाह गरेको छ । अफ्रिकाका विभिन्न मुलुकले चिनियाँ ऋण तिर्न संघर्ष गरिरहेको र चीनको घरेलु अर्थतन्त्रमा समस्या देखिएका कारण अफ्रिकामा चीनको ऋण प्रवाह घटेको विश्लेषण गरिएको छ । […]