काठमाडौं । ९९.८ मेगावाटको तामाकोशी-५ जलविद्युत आयोजनामा कर्मचारी सञ्चयकोष एक्लैले ऋण लगानी गरेको छ ।
२१ अर्ब १३ करोड ९५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सञ्चयकोषले १३ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरि सम्झौता भएको छ ।
पहिलोपटक २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा लगानी गरेको कोषले अहिलेसम्म ८१५ मेगावाट क्षमताका विभिन्न आयोजनामा ऋण लगानी गरेको सञ्चयकोषका प्रमुख प्रशाशक जितेन्द्र धितालले बताए । सञ्चयकोषले अहिलेसम्म ७ खर्ब रुपैयाँ जलविद्युतमा मात्रै लगानी पोर्टफोलियो बनाएको उनको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चयकोषले अब 'फोर डिजिट'का आयोजनामा लगानी गर्न आग्रह गरे । १०६१ मेगावाटको अपर अरुण तयारी अवस्थामा रहेकोले यसमा सञ्चयकोष ले ५० अर्ब लगानी गर्दा पनि फरक नपर्ने उनले बताए ।
त्यस्तै, उर्जा जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बहादुर बस्नेतले लगानीको वातावरण बनाउन सरकार लागिपरेको बताए ।
९९.८ मेगावाटको तामाकोशी-५ आयोजना ४५६ मेगावाटको माथिल्लो तामाकोशीको क्यासकेड आयोजना हो । यो आयोजना आगामी ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको तामाकोशी-५ जलविद्युत कम्पनीका सीईओ विनोद भण्डारीले बताए ।
११ प्रतिशत ब्याजदरमा ऋण लगानी सम्झौता गरिएको हो । बजारमा ब्याजदर घटबढ हुँदा यो ऋणको पनि ब्याजदर घटबढ हुने सञ्चयकोषको भनाइ छ ।
ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष भवनसम्म पदयात्रा गरेको हो।...
कर्मचारी सञ्चयकोषले स्थापनाको ६१औं वार्षिकोत्सव मनाएको छ ।कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्तभरण तथा सञ्चयकोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो । २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो । २०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको सुरुवात गरेको कोषले ०५२ देखि कूटनीतिक नियोग, गैरसरकारी संस्थालगायतको कोष कट्टी […]
काठमाडौँ । कर्मचारी सञ्चयकोषले ६१ औँ वार्षिकोत्सव मनाएको छ। कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्त भरण तथा सञ्चयकोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो। २०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो। यस्तै ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको सुरुवात गरेको कोषले २०५२ देखि कूटनीतिक नियोग, गैरसरकारी संस्थालगायतको […]
कर्मचारी सञ्चयकोषले ६१ औं वार्षिकोत्सव मनाएको छ। कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्त भरण तथा सञ्चयकोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो।...
कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुवाएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको थियो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर
न्युज अफ नेपाल, काठमाडौं । कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उहाँलाई सपथ खुवाउनु भएको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा […]
कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई सपथ खुवाएका हुन् । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो । कर्मचारी सञ्चयकोष ऐन २०१९ को दफा ४ को उपदफा १ ‘क’ मा सञ्चालक समितिको अध्यक्ष नेपाल सरकारले नियुक्त गर्ने व्यवस्था छ । सपथपछि अर्थमन्त्री शर्माले कोषको सञ्चालन मर्यादित र पारदर्शी ढंगले गर्न निर्देशन दिएका छन्। ‘हडतालजन्य कामहरू हुने वातावरण नहोस्’, उनले भने , ‘कोष मर्यादित रूपमा सञ्चालनमा आओस् ।’ यसअघि राजस्व सचिव रामशरण पुडासैनी समितिको अध्यक्ष थिए। उनी सेवा निवृत्त भएपछि गत साउन २४ गतेदेखि कोष सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेको थियो ।