डिजिटल वालेटमा विभिन्न नविनतम योजनाहरु ल्याइरहेको माईपेले नेपाल मै पहिलो पटक वालेट प्रयोग गर्दा रु १ लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । माईपेले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको हो । कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहकहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन । उक्त १ लाखको दुर्घटना सुविधा प्राप्त गर्नका लागि माईपे एप डाउनलोड गरी केवाईसी भेरिफाइड भएको र नेपाली महिना अनुसार हरेक महिना माईपे मार्फत न्यूनतम १ हजारको कारोबार भएको हुनुपर्छ । यसरी मासिक १ हजारको कारोबार भएको दुई दिन पछि उक्त ग्राहकको रु १ लाख रुपैयाँको बीमा योजना कार्यान्वयन हुनेछ र सो को जानकारी एसएमएस मार्फत गराइनेछ कम्पनीले प्रस्ट पारेको छ ।यस बीमा सुविधाका अतिरिक्त माईपे मार्फत हवाई टिकट बुकिङ गर्दा सबैभन्दा धेरै क्यासब्याक तथा मात्र रु १ मा जुनसुकै बैंकमा रकम पठाउन सकिने सुविधा पहिले देखिनै दिँदै आइरहेको छ । साथै माईपेका ग्राहकहरुले माईपेमार्फत कारोबार गर्दा अधिकतम २५ प्रतिशतसम्मको क्यासब्याक उपयोग गर्दै आएका छन् । यसका अतिरिक्त विभिन्न चाडपर्व लक्षित विशेष योजनाहरु पनि सार्वजनिक गरिरहेको छ । माईपेले आगामी दिनमा समेत ग्राहक महानुभावहरुको आवश्यकता र चाहानाहरुलाई मध्येनजर गर्दै यस्तै आकर्षक योजनाहरु ल्याउने जनाएको छ ।