स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन मदिरा बनाई कालोबजारी, ९ जना समातिए

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा उत्पादन गरी बेचबिखन गर्ने नौजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित भरत थापाको दुईतले घर भाडामा लिइबसेका विनोदकुमार कार्कीले स्वदेशी तथा विदेशी ‘ब्रान्ड’का नक्कली मदिरा उत्पादन गरी कालोबजारी गरेको आरोपमा ती नौजनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध […]

सम्बन्धित सामग्री

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

बेनी ( म्याग्दी)- म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार  वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।  वडाभित्र व्यापार व्यवसाय गर्ने र बजार...

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, सगुन, सौफीलगायतका मदिरा […]

गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

बेनी (म्याग्दी), २४ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो । वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, […]

म्याग्दीको रघुगङ्गा गुणस्तरहीन मदिरा सेवन गर्न प्रतिबन्ध

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ।

टर्कीमा मदिरा सेवनबाट दशजनाको मृत्यु

टर्की । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुललगायत पाँच प्रान्तमा बुटलेग रक्सीको विषाक्तताका कारण कम्तीमा दशजनाको मृत्यु भएको राज्य सञ्चालित टीआरटी प्रसारकले मङ्गलबार जनाएको छ । विगत दुई दिनदेखि मृत्यु हुनेको समाचार आएपछि सुरक्षाकर्मीले देशभर गुणस्तरहीन मदिरा उत्पादन गर्नेविरुद्ध अभियान थालेका छन् । सो क्रममा हालसम्म तीनजनालाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ...

नेपाली रक्सीको ब्रान्डिङ

स्थानीय बासिन्दाले परम्परागत रूपमा उत्पादन गर्दै आएका थुप्रै वस्तुको ब्रान्डिङ र बजारीकरण गर्न नसक्दा नेपाली उत्पादनहरू विशिष्ट भएर पनि बजार पाउन सकेका छैनन् । यस्ता वस्तुका पारखी नभएर भन्दा पनि पारखीहरूमाझ उत्पादन पुर्‍याउन नसक्दा तथा त्यसको गुणस्तरमा आश्वस्त पार्न नसक्दा थुप्रै उत्पादनले अवसर गुमाएको मात्र होइन, भोलिका दिनमा ती वस्तु अन्य देशले आफ्नो बौद्धिक सम्पत्तिका रूपमा दर्ता नगराउलान् भन्न सकिँदैन । यसो हुन गयो भने आफ्नै परम्परागत प्रविधि भए पनि यसको उत्पादनका लागि अन्य देशसँग अनुमति लिनुपर्ने अवस्था नआउला भन्न सकिँदैन । त्यस्ता विभिन्न उत्पादनमध्ये रक्सी पनि एक हो । नेपाली रक्सी पनि त्यही स्तरमा जान सक्छ जुन स्तरमा अहिले जापानको साके, चीनको माउताइ, गोवाका फेनी, क्युवाको टकिला आदिले आफ्नो पहिचान र बजार बनाएका छन् । नेपालमै राम्रो गुणस्तरको मदिरा उत्पादन हुन्छ । कोदोलगायत अन्नबाट बनाइने स्थानीय मदिराको गुणस्तर र स्वाद पनि ठाउँपिच्छे फरकफरक पाइन्छ । नेपाल भ्रमणमा आएका विदेशीहरूले नेपाली मदिरालाई मन पराएको पनि पाइन्छ । त्यसैले यसको ब्रान्डिङ गर्न सके निर्यातको सम्भावनासमेत देखिन्छ । नेपाली मदिराको परिभाषित गुणस्तर छैन, ब्रान्डिङ र प्याकेजिङ पनि छैन । त्यही कारण यसलाई पूर्ण विश्वासका साथ उपभोग गर्न समस्या छ । घरेलु मदिराका रूपमा चिनिए पनि यसको औद्योगिक उत्पादन सम्भव छ । तर, यसको मापदण्ड नतोकिएको हुनाले गुणस्तरहीन मदिरा पनि प्रशस्त बनिरहेका छन् । यस्तो मदिरा सेवन गरेर कैयौंले ज्यान गुमाएको समाचार पनि आइरहन्छ । यही कारण नेपाली मदिरा केही मात्रामा बदनाम भएको छ । यसलाई ब्रान्डिङ, गुणस्तर चिह्न प्रदान, राम्रो प्याकेजिङ आदि पक्षमा ध्यान दिने हो तथा यसका लागि मापदण्ड बनाउने हो भने नेपाली ब्रान्डका रूपमा नेपाली मदिराले स्वदेश तथा विदेशमा राम्रो बजार पाउन सक्ने देखिन्छ । नेपाली रक्सी पनि त्यही स्तरमा जान सक्छ जुन स्तरमा अहिले जापानको साके, चीनको माउताइ, गोवाका फेनी, क्युवाको टकिला आदिले आफ्नो पहिचान र बजार बनाएका छन् । नेपालमा रक्सी बनाउने प्रविधि भौगोलिक स्थान र जनजातिका आधारमा फरकफरक छ । यसको अर्थ नेपालभित्रै विभिन्न ब्रान्ड र अलग पहिचानका मदिरा उत्पादन गर्न सकिन्छ । जस्तै मुस्ताङमा करूको रक्सी उत्पादन हुन्छ । त्यस्तै छ्याङको आफ्नै पहिचान छ । अहिले नेपालमा छ्याङको ब्रान्डमा कोरियाली रक्सी विक्री भइरहेको छ । त्यो छ्याङजस्तै भएकाले नेपाली नाम राखेर नेपालमै विक्री भइरहेको छ । भोलि अन्य मदिरा पनि यस्तै हुन सक्छ । नेपाली रक्सीलाई अवैध र गुणस्तरहीन भनेर प्रहरीले जफत गर्ने गरेको छ र यसरी जफत भएको मदिरा खाल्डामा पुर्ने गरेको छ । जथाभावी सेवन गरेर समाजको शान्ति भंग गरेको भन्दै यसको सेवनलाई दुरुत्साहन गर्ने गरिन्छ । त्यो उपयुक्त नै हो तर आफ्नो देशको प्रविधिको प्रयोगबाट भएको उत्पादन खाल्डामा पुर्नु र बजारमा विदेशी रक्सी जथाभावी पाइनु कुनै पनि दृष्टिकोणले उपयुक्त मान्न सकिँदैन । अहिले १ न प्रदेशले नेपाली रक्सीलाई ब्रान्ड बनाउने तयारी थालेको छ जुन सकारात्मक छ । यसका लागि आवश्यक मापदण्ड र गुणस्तर कायम गर्न आवश्यक नीतिहरू तय गरियो र यस्तो गर्ने उद्योगलाई प्रोत्साहन गरियो भने निकै सकारात्मक काम हुनेछ । स्वदेशी कच्चा पदार्थ र स्वदेशी प्रविधिको भरपुर उपयोग हुन्छ र सीमान्तकृत वर्ग यसबाट लाभान्वित हुन सक्छ । यसको औद्योगिक उत्पादन हुन थालेपछि विदेशी मदिराका आयात घट्ने त होइन तर नेपालबाट निर्यात भने पक्कै बढ्छ । स्थानीय मदिरा उत्पादन गर्नेलाई दण्ड जरीवाना भइरहेका छन् । यसो हुनुको कारण यसको गुणस्तरमा शंका हुनु हो । गुणस्तरीय बनाउने हो मदिरा उत्पादन गर्दा कारबाही गर्नुपर्ने कारण देखिँदैन । प्रदेश १ ले राम्रो कामको थालनी गरेको छ । यसलाई प्रदेश एकमा मात्र सीमित नराखी संघीय सरकार मातहतमा रहेका निकायले पनि यसमा सहयोग गर्नु उपयुक्त हुन्छ ।