संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले आइतबार संखुवासभाको चैनपुरमा पत्रकार सम्मेलन गरेर आरोपी लोकबहादुर कार्कीलाई सार्वजनिक गरेका हुन् । हत्या भएको पाँच दिनपछि प्रहरीले उम्लिङ घर भएका कार्कीलाई पक्राउ गरेको थियो । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्क