काठमाण्डौ – अत्याधिक गर्मी बढेपछि साउदीले दिउँसोको समयमा खुला क्षेत्रमा काम लगाउन प्रतिबन्ध लगाएको छ ।
साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले भोलि अर्थात् १५ जुन देखि आउँदो सेप्टेम्बर १५ सम्म दिउँसोको १२ बजेदेखि ३ बजेसम्म कुनै पनि रोजगारदाताले श्रमिकलाई बाहिर घाममा गर्नु पर्ने काम लगाउन नपाउने जनाएको छ ।
प्रतिबन्ध लगाएको समयमा घाममा बाहिर काम लगाएमा रोजगारदातालाई कारबाही हुने छ । मन्त्रालयको यो निर्देशन विपरीत कुनै पनि रोजगारदाताले आफूलाई बाहिर घाममा काम गर्न बाध्य पारिएमा मन्त्रालयमा १९९११...