प्रदेश १ : १२ मन्त्री, सभामुख र उपसभामुख को होलान् ?

संघमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेश १ मा पनि नेकपा एमाले र माओवादी केन्द्रसहितको सरकार बन्ने निश्चित भएको छ । सरकारको नेतृत्वका लागि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो दुवैले दाबी गरेका छन् ।यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरुले नै टुंगो लगाउने छन् । मुख्यमन्त्रीमा दुई नेताको दाबी रहँदा प्रदेशको सभामुख, उपसभामुख र मन्त्रीहरु को बन्छन् भन्नेबारे पनि चर्चा सुरु भएको छ ।प्रदेशको मुख्यमन्त्री एमालेले पाएको ख

सम्बन्धित सामग्री

प्रदेश १ ले पुस २८ मा सभामुख पाउने (भिडिओ)

विराटनगर । प्रदेश १ प्रदेश सभामा भएका दलहरुको सर्वदलीय बैठकले पुस २८ गते सभामुख चयन गर्ने निर्णय गरेको छ । बैठकले भोलिका लागि तय गरिएको प्रदेश सभा २६ गतेलाई सार्ने निर्णय गर्दै सभामुख र उपसभामुख निर्वाचनको कार्यतालिका तय गरेको हो । उप सभमुख भने २९ गते चयन गर्ने निर्णय भएको एमाले प्रदेश १ का प्रमुख […]

प्रदेश–१ प्रदेश सभाको पहिलो बैठक आज

काठमाडौं : प्रदेश–१ को प्रदेश सभाको पहिलो बैठक आज बस्दै छ।मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका सांसद्हरुको शपथ ग्रहण सकिएसँगै प्रदेश सभाको पहिलो बैठक बस्न लागेको हो। नवनिर्वाचित प्रदेश सभा सदस्यले पुस ११ गते शपथ लिएका थिए।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजे बस्नेगरी प्रदेश सभाको अधिवेशनआह्वान गरेका थिए। सोही अनुसार पहिलो बैठक बस्न लागेको हो।पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य नेपाली कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले गर्नेछन्। &nbs

सङ्घीयताको समीक्षा गर्ने बेला होइन

सङ्घीयता विरोधीहरूले भ्रम छरेको भरमा सङ्घीयता सफल र असफल भन्ने समीक्षा गर्ने बेला नभएको सात प्रदेश सभाका सभामुख र उपसभामुख तथा सचिवहरूले धारणा राखेका छन्। प्रदेश १ को प्रदेश सभा सचिवालयको आयोजनामा धनकुटाको हिलेमा जारी अन्तरप्रदेश समीक्षात्मक गोष्ठीमा उपस्थित प्रदेश सभामुख र उपसभामुख तथा प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन्। उद्घाटन सत्रमा संविधानविद डा. काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशमा सङ्घीयताको अभ्यासमाथि प्रकाशपार्नु भएको थियो।