रोल्पामा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । लिवाङबाट माडीचौरतर्फ जाँदै गरेको रा १ ह ४३४७ नम्वरको अटो अनियन्त्रित भई सडकदेखि करिव ५० मिटर तल खस्दा त्यसमा सवार रोल्पा नगरपालिका–२ लिवाङका अन्दाजी २९ बर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको हो ।रोल्पाका प्रहरी प्रमुख डीएसपी बिनोद घिमिरेका अनुसार दुर्घटनामा परी घाइते भएका तीन जना मध्ये दुई जना स्थानीय मेडिकलमा उपचार गरि डिस्चार्ज भएका छन् । गम्भीर घाइते एक जनालाई भने थप उपचारका ल