आफ्नै घरको ड्रममा राखेको पानीमा डुबेर सर्लाहीको हरिवनमा एक बालिकाको ज्यान गएको छ। हरिवन नगरपालिका–२, निवासी विजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको आँगनमा खेल्ने क्रममा ड्रमको पानीमा डुबेर ज्यान गएको हो ।ड्रमको पानीमा डुबेर अचेत बनेकी बालिकालाई तत्काल हरिवनस्थित नमुना अस्पताल पुर्यार्एपछि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यलय हरिवनले जनाएको हो । घटनालगत्तै पुगेको प्रहरी टोलीले घटना स्थलको मुचुल्का तयारी गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।शव परीक्षणपश