कोरियाको रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकियो

काठमाण्डौ – कोरियाको कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि जान इच्छुक नेपालीले आउँदो पुस ४ गतेदेखि ८ गते अर्थात् १९ डिसेम्बर देखि २३ डिसेम्बर भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । परीक्षा आवेदन अनलाइनबाट मात्र दिन सकिन्छ । आवेदन फारम https://eoers.epsnepal.gov.np मा गई भर्न सकिन्छ । आवेदन भर्ने तरिका पनि यही पेजमा गएर हेर्न सकिन्छ ।  कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ गतेदे...

सम्बन्धित सामग्री

आजदेखि पाँच सिफ्टमा ईपीएस भाषा परीक्षा

काठमाडौं, फागुन ७। रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा सोमबारदेखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनु परेको ईपीएस शाखाले जनाएको हो । यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले सोमबारदेखि प्रत्येक दिन […]

मोबाइल एप र वेबसाइटबाटै कोरियन भाषा परीक्षाको तयारी गर्न सकिने

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुको भाषा परीक्षा यस वर्षदेखि सीबीटी (कम्प्युटर बेस टेस्ट/युबिटी) अर्थात कम्प्युटर प्रविधिबाट हुने भएको छ । अघिल्लो पटकसम्म पेपर बेसमा हुने परीक्षा अब कम्प्युटर प्रविधिबाट हुने भएसँगै परीक्षार्थीको सहजताका लागि टपिकईपिएस वेभसाइट र मोबाइल एप्लिकेशन सञ्चालनमा आएको छ । टपिक इपिएस डटकम (topikeps.com) वेभसाइट र टपिक इपिएस नामको मोबाइल...

इजरायल रोजगारीका लागि १६ सय सिफारिस

वैदेशिक रोजगार विभागले इजरायल रोजगारीका लागि १६ सयजनाको अन्तिम छनोट गरेको छ । भाषा परीक्षा र अन्तर्वार्ताबाट विभागले रोजगारीका लागि अन्तिम सूची सार्वजनिक गरेको हो । जसमा ७० प्रतिशत महिला छन् भने...

इजरायल जाने कामदारका लागि लिइएको भाषा परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ । इजरायलको रोजगारीमा जान चाहने नेपाली कामदारका लागि लिइएको अङ्ग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । वैदेशिक रोजगार विभागले आइतबार इजरायल रोजगारीका लागि अङ्ग्रेजी भाषा लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो । विभागका अनुसार २ हजार ३९ जनाले अङ्ग्रेजी भाषा पास गरेका छन् । त्यसमध्ये १ हजार मात्रै नेपाली इजरायल जान पाउने छन् […]

इजरायल रोजगारीका लागि सात हजारले दिए भाषा परीक्षा, नतिजा कहिले ?

इजरायल जान चाहने श्रमिक छनोटका लागि सोमबार भाषा परीक्षा सम्पन्न भएको छ।

इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा आज

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत लिइने भाषा परीक्षा आज (सोमबार) हुने भएको छ । दुई सरकारबीच भएको सम्झौताअनुसार जीटुजीमार्फत पहिलोपटक रोजगारीमा लैजाने निर्णय भएको इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा सरकारले सोमबार लिन लागेको हो । सरकारले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाका लागि परीक्षामा […] The post इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा आज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इजरायलमा रोजगारीका लागि आवेदन दिएकाकाे भाषा परीक्षा आज

काठमाण्डाै - इजरायलको रोजगारीमा जान इच्छुक नेपालीका लागि आज भाषा परीक्षा हुँदैछ । भाषा परीक्षाका लागि काठमाण्डौमा ११ वटा केन्द्र तोकिएका छन् । ११ ठाउँका १६ परीक्षा केन्द्रमा दिउँसो १ बजे भाषा परीक्षामा ३ हजार ७ सय २७ पुरुष र ३ हजार २ सय ८२ महिला रहने वैदेशिक रोजगार विभागले जनाएको छ । परीक्षाका लागि ९ हजारले आवेदन दिए पनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका छन् । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षा हुन लागेको हो । रोजगारीका लागि एक हजार जनाको कोटा ...

रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

काठमाडौँ- रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो । इजरायलका […]

इजरायलको रोजगारीका लागि आज भाषा परीक्षा हुँदै

काठमाडौं :  रोजगारीका लागि इजरायल जानेहरूका लागि आज भाषा परीक्षा हुँदैछ।  सोमबार दिउँसो १ बजेदेखि हुने परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ।विभागका अनुसार एलआरआई विद्यालय कलंकी, विश्व निकेतन उच्च मावि त्रिपुरेश्वर, दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) रानीपोखरी, मदन भण्डारी मेमोरियल कलेज नयाँ बानेश्वर, एम्बिसन एकेडेमी नयाँ बानेश्वर, नोबेल एकेडेमी नयाँ बानेश्वर, कोटेश्वर सरस्वती मावि कोटेश्वर, कोटेश्वर बहुमुखी क्याम्पस जडिबुटी, गान्धी आदर्

इजरायलमा जानेहरूको भाषा परीक्षा आगामी २८ गते हुने

इजरायलमा रोजगारीका लागि जानेहरूको भाषा परीक्षा भदौ अन्तिम साता हुने भएको छ । रोजगारीका लागि आवेदन दिई वैदेशिक रोजगार विभागबाट स्वीकृत भएकाहरूको भाषा परीक्षा भदौ २८ गते हुने वैदेशिक रोजगार विभागले जनाएको हो ।  परीक्षा दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । यसका लागि प्रवेश-पत्र अनलाइनमार्फत् उपलब्ध हुनेछ। केन्द्रका सम्बन्धमा परीक्षार्थीहरूको प्रवेश-पत्र तथा विभागको वेवसाइट https://dofe.gov.np मार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ।