काठमाडौँ– एमालेका स्थायी कमिटि सदस्य एवं बागमती प्रदेशका इन्चार्ज रामबहादुर थापा बादलले संसद विघटन गर्ने कदम ठीक भएको औपचारिक निर्णय केन्द्रीय कमिटीले गरेको दाबी गरेका छन्। शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुने विधान महाधिवेशनबारे जानकारी दिँदै बादलले संसद विघटनका सवालमा फरक मत भए पनि त्यसलाई पार्टीले औपचारिक रुपमा भने उपयुक्त निर्णयका रुपमा लिएको दाबी गरेका हुन्। […]