बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आफूखुशी कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै पालिकाले एक सूचना निकालेर यस्तो निर्देशन दिएको हो । नगरपालिकाले विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क जस्ता कुनै पनि बहानामा शुल्क […]
१२ असार, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपु¥याउनुमा सरकार दोषी रहेको आरोप लगाएका छन् । कुल विद्यार्थी संख्यामा सामुदायिक विद्यालयमा ७५ प्रतिशतले अध्ययन गर्ने उल्लेख गर्दै भट्टराईले भने ,‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’ […]
बागलुङ । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त पर्याप्त भित्रिएका छैनन् । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् । बागलुङका दुर्गम भेगका विद्यालय मात्रै नभई जिल्ला सदरमुकाममै रहेको रुद्रेपीपल माध्यमिक विद्यालय, विद्यामन्दिर माध्यमिक विद्यालय र कालिका कन्या माध्यमिक विद्यालयमै पाठ्यपुस्तकको अभाव भएको छ ।
किताब नपाउँदा...
आगामी वैशाख दोस्रो हप्तादेखि हुने एसइई परीक्षा नजिकिँदै गरेपनि ब्रेललिपी पढाउने शिक्षक र पाठ्यपुस्तकका सबै भाग नहुँदा दृष्टिविहीन विद्यार्थीहरु समस्यामा परेका छन्। सिराहाको लहानस्थित पशुपति आदर्श माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु...
काठमाडौं, फागुन ३ । सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने […]
यही फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु भएको तिलागुफा नगरपालिका र महावै गाउँपालिकाभित्रका केही विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेको छ ।
पुसमा वार्षिक परीक्षा सम्पन्न भएका तिलागुफा नगरभित्रका ३३ वटा र महावै गाउँपालिकाका सातवटा गरी ४० विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगेर पढाइसमेत सुरु भइसकेको छ । सत्यदेवी माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा विनिता शाहीले पहिलेका वर्षभन्दा यस वर्ष समयमै पाठ्यपुस्तक पाएको बताउनुभयो । उहाँले गत वर्ष कक्षा ८ मा पढ्दा शैक्षिक सत्र सुरु भएको तीन महिनापछि मात्र नयाँ किताब पाएको भन्दै अहिले विद्यालय सुरु हुना साथ किताब हातमा पाएको खुसी व्यक्त गर्नुभयो ।
नयाँ किताब पाएसँगै विद्यार्थी पनि खुसी भएका छन् ।