एकैदिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ।  यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी बढेर तोलामा बिहीबार १३१५ रुपैयाँमा कारोबार भएको हो । 

सम्बन्धित सामग्री

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं– सोमबार छापावाल  सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तालाको १ लाख ३ हजार ९ सय कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो […]

एकै दिन तोलामा १ हजार बढ्यो सुनको भाउ, चाँदी १३ सय नाघ्यो

सुनको भाउ एकै दिन तोलामा १ हजार रुपैयाँ बढेको छ । बिहीबार १ हजारले बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ पुगेको छ ।