लुम्विनीको सिमसारमा क्षेत्रमा जलपंक्षी गणना सम्पन्न

२६ पुस, रूपन्देही। सिमसार क्षेत्रमा आश्रति पानी चराहरुको अवस्था पत्ता लगाउन जलपंक्षी गणनाकार्य सम्पन्न भएको छ । जलपंक्षीको संरक्षण र यसका लागि स्थानीय समुदायको चेतना अभिबृद्धिका लागि नेपाल पंक्षी संरक्षण संघ र गि्रन युथ लुम्बिनीको आयोजनामा हरेक वर्ष जल पंक्षी गणना हुनेगर्छ । लुम्बिनीको मायादेवी मन्दिर परिषर गैडातालमा जलपंक्षीको गणना गरिएको हो …

सम्बन्धित सामग्री

कैलाली र कञ्चनपुरमा जलपंक्षी गणना सुरु

कञ्चनपुर । कैलाली-कञ्चनपुरका तालतलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि जलपंक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमाली प्रकृति, नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एशोसिएशन, शुक्लाफाँटा

यसपालि आएन ‘लोभीपापी’ गरुड

जाडोयाममा देउखुरीको राप्ती नदी क्षेत्रमा देखा पर्ने लोभीपापी गरुड यस वर्ष भने देखा परेको छैन ।  विश्वकै दुर्लभ ठानिएको गरुड प्रत्येक जाडोयाममा राप्ती नदी क्षेत्रमा देखा पर्दै आएको थियो ।  लोभीपापी गरुड नेपाल, भारत, इन्डोनेसियाको रैथाने चरा हो ।  ५ वर्षदेखि यस क्षेत्रमा जलपंक्षी गणना गर्दै आएका चिरञ्जीवी खनालका अनुसार यो वर्ष जलपन्क्षी गणनाका क्रममा लोभीपापी गरुड देखिएन ।  लोभीपापी गरुड लोपोन्मुख अवस्थामा सूचीकृत गरिएको पन्छी हो । खनालका अनुसार यो वर्ष कालो गरुढा एउटा मात्र भेटिएको थियो ...

चितवन राष्ट्रिय निकुञ्जमा जलपंक्षी गणना

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपंक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुनेछ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपंक्षी गणना गरिन्छ । जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको हो । नेपाल पंक्षीविद् सङ्घको बागमती प्रदेश संयोजक वासु विडारीका अनुसार आज बीस हजारी ताल र आस

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपंक्षी गणना सुरु

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा आजदेखि जलपंक्षी गणनाको कार्य सुरु गरिएको छ। निकुञ्ज भित्रका र बाह्य क्षेत्रका ताल तलैया नदीहरूमा जलपंक्षी गणनाको कार्य सुरु गरिएको हो।आजदेखि सुरु गरिएको जलपंक्षी गणनाको कार्य माघ २ गते सम्म जारी रहने छ। जलपंक्षी गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पंछी संरक्षण संघका विज्ञहरू, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एसोसिएसनका प्रतिनिधि लगायतको सहभागिता रहेको छ।जलपंक्षी गणनाको कार्यमा संलग्नहरूले वाइनाकुलर, टेलिस्कोप, क्यामेरा लगाय

चितवनको सिमसार क्षेत्रमा चराका प्रजाति घटे

चितवन:  चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ। पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन यहाँ पुस अन्तिमसाताबाट जलपंक्षी (पानीचरा)को गणना सुरु भएको गरिएको थियो। चरा गणनाको प्रतिवेदनबारे जानकारी दिंदै चरा विज्ञ तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विंडारीले हाँस प्र...