हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका-८ सिमपानीस्थित जङ्गली हात्तीले आतंक मच्चाएको छ । हात्तीको आक्रमणबाट स्थानीय बासिन्दाको घर र गोठमा क्षति पुगेको छ । आइतबार राति ८ः ३० बजेतिर जङ्गली हात्ती आई टल्के चेपाङको जस्ता र ढुङ्गा माटोले बनेको एक तले घर पूर्ण रूपमा क्षति पुर्याएको छ भने राम बहादुर तामाङको गोठ आंशिकरूपमा क्षति पुगेको छ […]