योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडाैं ।  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगको सदस्य भएर काम गरेका थिए। बैठकले आयोगको सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ । The post योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

अर्थतन्त्रलाई चलायमान बनाउन महासंघ बृहत् सम्मेलन गर्दै

काठमाडौं । कोरोना महामारीपछिको अर्थतन्त्रलाई लक्षित गर्दै काठमाडौंमा कोभिडपश्चात्को नवउत्थान विषयक सम्मेलन हुने भएको छ । उक्त सम्मेलन आगामी बुधवार नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा  हुन लागेको हो । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भनेर निष्कर्ष निकाल्ने उद्देश्यसहित उक्त सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा कोरोना प्रभावित अर्थतन्त्रलाई अझ बढी गतिशील तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरूबारे छलफल गरिने महासंघले बताएको छ । कोरोना प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातसहित बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन हुनेछ । सम्मेलनको मुख्य एजेन्डा भने बदलिँदो परिस्थितिमा तीव्र र दिगो आर्थिक वृद्धिको बहस हुने महासंघका डेपुटी डाइरेक्टर विदुर लामिछानेले बताए । ‘सम्मेलनमा अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्यालाई कसरी समाधान गर्ने, थलिएको व्यवसाय क्षेत्रलाई कसरी पुनरुत्थान गर्ने विषयमा छलफल हुनेछ । साथै, व्यवसायमा थप ऊर्जा भर्ने विषयमा पनि छलफल हुनेछ,’ उनले भने । महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले निर्यात र बैंकिङ क्षेत्रसम्बन्धी कार्यपत्र प्रस्तुुत गर्नेछन् । सम्मेलनमा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले आप्mनो धारणा राख्ने बताइएको छ । त्यस्तै निर्यात प्रवद्र्धनसम्बन्धी विषयमा केन्द्रित सत्रमा महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यपत्र प्रस्तुुत गर्नेछन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले लघुु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । महासंघ वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन तथा मनोरञ्जन क्षेत्र सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नेछन् । महासंघका अध्यक्ष गोल्छाले सम्मेलनको निष्कर्ष प्रस्तुुत गर्नेछन् । साथै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र अर्थ मन्त्रालयका सचिव मधुु मरासिनीले सम्बोधन गर्नेछन् । सम्मेलनपूर्व महासंघका सम्बद्ध समितिले यी विषयमा गहन छलफल गरी प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सम्मेलनका क्रममा आएका सुुझावसमेत समावेश गरी समापन सत्रमा योजना आयोग र अर्थ मन्त्रालयलाई बुुझाइनेछ । साथै सम्बद्ध मन्त्रालय र निकायहरूमा पनि सम्मेलनबाट आएका सुुझावहरू बुुझाउने कार्यक्रम छ ।

सरकार राणाकालीन सोचाइमा चल्न खोज्दा उद्योगी–व्यवसायी तर्सिए

नेपालको अर्थतन्त्रलाई नजिकबाट नियालिरहेका अर्थशास्त्री हुन् डा. विश्व पौडेल । उनले राष्ट्रिय योजना आयोग,