अर्थतन्त्रलाई चलायमान बनाउन महासंघ बृहत् सम्मेलन गर्दै

काठमाडौं । कोरोना महामारीपछिको अर्थतन्त्रलाई लक्षित गर्दै काठमाडौंमा कोभिडपश्चात्को नवउत्थान विषयक सम्मेलन हुने भएको छ । उक्त सम्मेलन आगामी बुधवार नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा  हुन लागेको हो । कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भनेर निष्कर्ष निकाल्ने उद्देश्यसहित उक्त सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा कोरोना प्रभावित अर्थतन्त्रलाई अझ बढी गतिशील तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरूबारे छलफल गरिने महासंघले बताएको छ । कोरोना प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातसहित बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन हुनेछ । सम्मेलनको मुख्य एजेन्डा भने बदलिँदो परिस्थितिमा तीव्र र दिगो आर्थिक वृद्धिको बहस हुने महासंघका डेपुटी डाइरेक्टर विदुर लामिछानेले बताए । ‘सम्मेलनमा अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्यालाई कसरी समाधान गर्ने, थलिएको व्यवसाय क्षेत्रलाई कसरी पुनरुत्थान गर्ने विषयमा छलफल हुनेछ । साथै, व्यवसायमा थप ऊर्जा भर्ने विषयमा पनि छलफल हुनेछ,’ उनले भने । महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले निर्यात र बैंकिङ क्षेत्रसम्बन्धी कार्यपत्र प्रस्तुुत गर्नेछन् । सम्मेलनमा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले आप्mनो धारणा राख्ने बताइएको छ । त्यस्तै निर्यात प्रवद्र्धनसम्बन्धी विषयमा केन्द्रित सत्रमा महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यपत्र प्रस्तुुत गर्नेछन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले लघुु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । महासंघ वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन तथा मनोरञ्जन क्षेत्र सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नेछन् । महासंघका अध्यक्ष गोल्छाले सम्मेलनको निष्कर्ष प्रस्तुुत गर्नेछन् । साथै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल र अर्थ मन्त्रालयका सचिव मधुु मरासिनीले सम्बोधन गर्नेछन् । सम्मेलनपूर्व महासंघका सम्बद्ध समितिले यी विषयमा गहन छलफल गरी प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सम्मेलनका क्रममा आएका सुुझावसमेत समावेश गरी समापन सत्रमा योजना आयोग र अर्थ मन्त्रालयलाई बुुझाइनेछ । साथै सम्बद्ध मन्त्रालय र निकायहरूमा पनि सम्मेलनबाट आएका सुुझावहरू बुुझाउने कार्यक्रम छ ।

सम्बन्धित सामग्री

लुम्बिनीका होमस्टे सञ्चालकको सम्मेलन हुँदै

दाङ – लुम्बिनी प्रदेशस्तरीय होमस्टे सम्मेलन देउखुरीको कठबेरुवामा हुने भएको छ। चैत ३, ४ र ५ गते तीन दिन प्रदेशस्तरीय होमस्टे सम्मेलन हुन लागेको हो। होमस्टे महासंघ लुम्बिनी प्रदेशले शुक्रबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको बारेमा जानकारी गराएको हो। राजपुर गाउँपालिका वडा नं. १ स्थित कठबेरुवामा प्रदेशका १२ जिल्लाका करिब दुई सय होमस्टे सञ्चालकहरु […]

राप्रपा नेपाल निकट टुकोनको राष्ट्रिय सम्मेलन माघ ५ र ६ मा

काठमाडौँ– राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी माघ ५ र ६ गते काठमाडौँमा हुने भएको छ । टुकोनको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले असोजको ५ गते गर्ने भनिएको श्रमिकहरूको वृहत राष्ट्रिय सम्मेलन माघमा गर्ने निर्णय गरेको हो । चाडवाडको मुखमा सम्मेलन गर्दा दूरदराजबाट प्रतिनिधित्व गर्ने श्रमिकहरूको समस्यालाई मध्यनजर गर्दै […]

सनातन हिन्दू धर्मप्रति सद्भाव राख्ने उम्मेदवारको पक्षमा महासंघ

विश्व हिन्दू महासंघ, नेपाल राष्ट्रिय समितिले हिन्दु राष्ट्रको पक्षमा बहस गर्न प्रतिवद्धता जाहेर गर्ने उम्मेदवारहरूलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता गर्न आह्वान गरेको छ ।महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आह्वान गरेको हो । हिन्दू धर्मप्रति सद्‌भाव राख्दै आएका र चुनाव जितेपछि पनि संसदमा हिन्दु राष्ट्रको पक्षमा बहस गर्ने प्रतिवद्धता जनाउने विभिन्न पार्टी र स्वतन्त्रका उम्मेदवारहरुलाई आगामी निर्वाचनमा मतदान गर्न आफूहरुले आह्वान गर्ने निर्णय गरेको महासंघका

अमेरिकामा वृहत् नेपाली सम्मेलन हुँदै, कांग्रेस महामन्त्री शर्माले उद्घाटन गर्ने

१७ असार, काठमाडौं । गैह्र आवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो `नलेज कन्भेन्सन´ यही जुलाई ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुँदैछ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने ११ औं सम्मेलनमा ११ फरक विषयमा बिज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बिज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक श्रोत […]

हेटौंडामा सुरु भयो महिला उद्यमी सम्मेलन

बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी सुरु भएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गरेका हुन् ।उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा दुई दिने सम्मेलन तथा प्रदर्शनी सुरु भएको हो । बागमती प्रदेशका महिलाहरुले सञ्चालन गरेको घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनको लागि सम्मेलनको आयोजना गरिएको मु

हेटौंडामा सुरु भयो महिला उद्यमी सम्मेलन

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी सुरु भएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गरेका हुन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा दुई दिने सम्मेलन तथा […]

नियमावलीप्रति महासंघ आक्रोशित

काठमाडौं । सरकारले मस्यौदाभन्दा फरक तरिकाले सार्वजनिक खरिद नियमावलीको ११औं संशोधन गरेपछि नेपाल निर्माण व्यवसायी महासंघ असन्तुष्ट बनेको छ । महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संशोधित नियमावलीका प्रावधानका विषयमा आफ्नो असन्तुष्टि राखेको छ । महासंघले यसअघि पत्रकार सम्मेलन नै गरेर मस्यौदामा भएको प्रावधानभन्दा छुट्टै प्रावधानसहित नियमावली संशोधन भएको जनाउँदै विरोध जनाएको थियो । महासंघको प्रतिनिधि […] The post नियमावलीप्रति महासंघ आक्रोशित appeared first on राजधानी राष्ट्रिय दैनिक.

ढाका कपडा प्रदर्शनी तथा सम्मेलन स्थगित

आगामी पुस पहिलो साता काठमाडौंमा हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले पुस २, ३ र ४ गते प्रदर्शनी आयोजना गर्ने पूर्व निर्धारीत कार्यक्रम रहेको थियो ।सम्मेलन आयोजक समितिका संयोजक […]

खेलकुद महासंघको खेल नीति सम्मेलन आज सकिदै

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ दुई दिने खेल नीति सम्मेलन सोमबार सम्पन्न हुँदैछ । दोस्रो दिन विभिन्न कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने महासंघका सचिव तथा प्रचार प्रसार प्रमुख उमेश केसीले बताए । काठमाडौं घोषणा जारी गर्दै खेल नीति सम्पन्न हुने बताएको छ । एमालेका अध्यक्ष एवंम् […]

कर्णाली प्रदेशमा लगानी सम्मेलन हुने

नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष्ँ डा. सर्वराज खड्का, सदस्यद्वय डा. दिपेन्द्र रोकाय र योगेन्द्र बहादुर शाहीसमेतको प्रतिनिधिमण्डलबीच शनिबार महासंघ सचिवालयमा भएको भेटमा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।सो अवसरमा […]