काठमाडौं : सन् २०२३ को पूर्वसन्ध्यामा पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव हुँदैछ।ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोरोनाले थलिएको ठमेल क्षेत्रको पर्यटन प्रवर्धनका लागि शनिबार साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो।‘ठमेल जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ नाराका साथ सञ्चयकोष अगाडिको मुख्य सडकमा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा हुने कार्यक्रम साँझ साढे ५ बजे सुरु भई राति