वाल्टिमोरमा नेपाली सडक महोत्सव सम्पन्न

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा स्थापित छाता संगठन वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले आयोजना गरेको नेपाली सडक महोत्सव सफलताको साथ सम्पन्न भएको छ ।नेपालीहरुको महान चाड दसैँ तथा आउँदै गरेको तिहारको शुभ साइतको अवसरमा सम्पन्न भएको पाँचौ सडक महोत्सव विविध कार्यक्रमको साथ समापन भएको हो । कोरोना महामारीको कारण दुई वर्ष सम्म स्थगित रहेको सडक महोत्सवले सबै नेपाली समुदायलाई समेटेको थियो। त्यहाँ रहेका विभिन्न संघ-संस्थाले साथ दिएका थिए भने वाल्टिमोर काउन्टीको पनि सक्रिय भूमिका रहेको

सम्बन्धित सामग्री

दरबारमार्ग सडक महोत्सव सम्पन्न

एनसेलले विभिन्न संस्थाको सहयोगमा काठमाडौंको दरबारमार्गमा आयोजित सडक महोत्सव सम्पन्न भएको छ ।कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्धन भन्ने मूल नारासहित महोसत्व भएको हो ।नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल रेबान र दरबारमार्ग विकास बोर्डले […]

पन्ध्रौँ दरबारमार्ग महोत्सव सम्पन्न

काठमाडौं । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थान गर्ने उद्देश्यले राजधानीको दरबारमार्गमा ‘१५ औँ दरबारमार्ग सडक महोत्सव’ आयोजना भएको छ ।‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली उत्पादन, स्थानीय परिकार र नेपाली कला संस्कृतिको प्रदर्शन गरिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, […]

पुस १५ गतेदेखि फेवाताल किनारामा सडक महोत्सव शुरु

मंसिर २५, कास्की । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवर्द्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोशियसनको आयोजनामा लेकसाइडस्थित फेवाताल किनारमा २३ औँ सडक महोत्सव हुने भएको हो ।  पोखरा सुरक्षित रहेको सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवर्द्धन गर्नका लागि अंगे्रजी नयाँ वर्षको अबसरमा सडक महोत्सवको आयोजना गरिएको रेष्टुरेण्ट एण्ड वार एसोशियसन (रेवान)ले शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।  पोखराको ब्राण्डका रुपमा स्थापित भएको ‘पोखरा सडक महोत्सव’लाई महाभूकम्प, नाकाबन्दी लगायतका विपदमा समेत निरन्तरता दिदैं आएकाले यसवर्ष पनि निरन्तरता दिएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए । उनले विगतका वर्षमा जस्तै यसपटक पनि विभिन्न जनसमुदाय, पर्यटन व्यवसायी, सरोकारवालाहरुको निरन्तर सहयोग रहने अपेक्षा गरिएको बताए ।  ‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा समेत प्रदर्शन गरिने अध्यक्ष बरालले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुंगा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता समावेश गरिएको छ ।  पोखरा सडक महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयोजकत्व, सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयोजक रहने गरि विभिन्न उपसमितिहरु गठन भएको छ । सडक महोत्सव पछि नेपालमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा व्यवसायीको छ । अंग्रेजी नयाँ वर्षमा विगत दुई दशकदेखि पोखरामा सडक महोत्सवको आयोजना गरिदै आएको छ ।  प्रत्येक वर्ष आयोजना हुने महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउदै आएको आयोजकको दावी छ । महोत्सवमा अघिल्लो  वर्षको जस्तै स्वास्थ्य मपदण्डलाई विशेष ध्यानमा राखिने बताइएको छ ।

पाल्पाको सडकमा खानाका परिकार - Naya Patrika

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ पाल्पामा सडक महोत्सव सम्पन्न भएको छ । भीमसेन टोल विकास संस्था तानसेनले आयोजना गरेको खाना महोत्सवमा नेवार, मगर, ब्राह्मण, क्षेत्री, कुमाल, मुस्लिम...पूरा पढ्नुहोस् »