वाईवाईले बजारमा ल्यायो नयाँ चाउचाउ

काठमाडौं। वाईवार्ईले नेपाली बजारमा नयाँ स्वादको चाउचाउ ल्याएको छ। कम्पनीले ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ नामक नयाँ स्वादको चाउचाउ बजारमा ल्याएको हो। वाईवाईले यस चाउचाउको औद्योगिक उत्पादन र बिक्रीसमेत थालिसकेको छ। १०० ग्राम तौलको प्याकमा उपलब्ध यो चाउचाउको बजार मूल्य ५० रुपैयाँ तोकिएको छ। यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन्।

सम्बन्धित सामग्री

करेन्टले ल्यायो चिज, बटर र मसरुम स्वादको चाउचाउ र चिजबल्स

काठमाडौं । मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स ल्याएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो । कार्यक्रममार्फत उद्योगले सुपर प्रिमीयम चाउचाउअन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) […]