करेन्टले ल्यायो चिज, बटर र मसरुम स्वादको चाउचाउ र चिजबल्स

काठमाडौं । मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स ल्याएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो । कार्यक्रममार्फत उद्योगले सुपर प्रिमीयम चाउचाउअन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) […]

सम्बन्धित सामग्री

यशोदा फुड्सले सुरु गर्‍यो थप दुई स्वादका करेन्ट चाउचाउ

करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स बजारमा ल्याएको छ । उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक)...

यशोदा फुड्सका नयाँ उत्पादन बजारमा

काठमाडौं (अस) । करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चीज एन्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चीज चिकेन पिज्जा स्वादको चाउचाउ सार्वजनिक गरेको हो । सुपर प्रिमियम चाउचाउअन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चीज एन्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिली प्याकमा उपलब्ध छ भने यसको प्रतिपिस मूल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको कम्पनीले बताएको छ । कम्पनीले फेमिली प्याकमा २० पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको  स्वादमा करेन्ट चीज चिकेन पिज्जा, चिजबल्सअन्तर्गत चीजको स्वादमा ५० पर्ने चिजबल्स सार्वजनिक गरेको छ । कम्पनीको उत्पादन करेन्ट चाउचाउ हाल भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलियालगायत देशमा निर्यात भइरहेको छ ।