प्रदेश १ मा मत कम खस्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा भन्दा कम मत खसेको बताएको छ । आयोगले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश १ मा अपेक्षा भन्दा कम मात्रै मत खसेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मधेस प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको पाइएको बताउनुभयो । उहाँले अन्य प्रदेशमा भने १/२ […]

सम्बन्धित सामग्री

निर्वाचन आयोग र एमालेबीच प्रदेश १ समानुपातिक सांसद छनौटमा विवाद

निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभाका लागि समानुपातिक सांसद छनौटको विषय सच्याउन गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ । निर्वाचन आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरुले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी प्रसाद न्यौपानेले बताए । ‘निर्वाचन आयोगले हामीलाई जे कुरा स्पष्ट पार्न भनेर पत्र पठाएको थियो हामीले त्यही अनुसार स्पष्ट पारेर पठाएका छौं,’ न्यौपानेले भने,

आजदेखि समानुपातिक मतपत्र छाप्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ आज शनिबारदेखि सुरु गर्ने भएको छ । आयोगका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेश सभाको समानुपातिक तर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छापिने छ […]

स्थानीय तहमा १४ हजार ४०२ जना महिला निर्वाचित  :  निर्वाचन आयोग

जेठ १२, काठमाडौं ।  स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ जना महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त संख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९  जना महिला उम्मेदवार रहेका थिए । कुल ७५३ स्थानीय तहमा ३५ हजार २२१ ओटा पद रहेका छन् ।             निर्वाचन आयोगको सूचना प्रणालीमा बिहीवार साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन ओटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित भएका छन् । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए।             दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित भएकी छन् । दुवै जनाले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।             कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएका छन् । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित भएकी छन्। प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिएका थिए ।            प्रदेशगत आधारमा निर्वाचित महिला             प्रदेश १ मा ८ हजार १९६ उम्मेदवार भएकामा २ हजार ४५५ जना महिला निर्वाचित भएका छन् । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा २ हजार ७७० जना निर्वाचित भए ।। सोहीअनुसार बागमती प्रदेशमा ८ हजार ३४४ महिला उम्मेदवार रहेकामा २ हजार ३४७ जना निर्वाचित भए।             गण्डकी प्रदेशमा ४ हजार ६४९ महिला उम्मेदवार रहेकामा १ हजार ६२२ जना निर्वाचित हुन सफल भए । सोहीअनुसार लुम्बिनी प्रदेशमा ८ हजार ७६७ महिला उम्मेदवार रहेकामा २ हजार १२४ जना निर्वाचित हुन सफल भए।             आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ४ हजार ८७८ महिला उम्मेदवार रहेकामा १ हजार ५२४ जना निर्वाचित  भए। त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५ उम्मेदवार रहेकामा १ हजार ५६० जना निर्वाचित भए ।            प्रमुख पदमा महिला             देशभरबाट २५ ओटा पालिका प्रमुखमा महिला निर्वाचित भएका छन् । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित भएकी छन् । त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित भइन् ।          मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित भएकी छन्। सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित भएकी छन् । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी भएकी छन्। सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित भइन्।             सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित भएकी छन् । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित भइन्।             त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित भइन् ।             सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित भइन् । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हभइन् । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित भएकी छन् ।             नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित भएका छन् ।             त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित भएकी छन् । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित भएका छन् ।             दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित भएकी छन् । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित भएकी छन् ।             आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ ।             काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ । रासस

निर्वाचनका लागि मोरङमा नेपाली सेनाको गस्ती सुरु, ४ हजार १ सय कर्मचारी खटिए

प्रदेश १ का १ हजार ८ सय ७७ मतदान स्थलको सुरक्षाका लागि जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश निर्वाचन आयोग विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । जसका लागि ४ हजार ५१ वटा मतदान केन्द्र स्थापना हुनेछन् । विराटनगरमा शुक्रबार सम्वाद समूहद्वारा आयोजित कार्यक्रममा अधिकारीसहित मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्साल, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतले निर्वाचन तयारीबारे जानकारी दि

प्रदेश १ का १० सांसद एकीकृत समाजवादीको पक्षमा खुले

विराटनगर - नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का १० जना सांसदले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेर १० जनाले सनाखत गरिसकेका हुन् । आठ जनाले यसअघि नै सनाखत गरेका थिए भने थप दुई जना सांसद सनाखतका लागि आयोग पुगेका हुन् । सांसद उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई पनि सनाखतका लागि आयोग पुगेक…

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० जनाले गरे सनाखत

विराटनगर, १६ भदौ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन् । एमालेबाट अलग भएर […]

प्रदेश १ एमालेका ८ सदस्य एकीकृत समाजवादी पक्षमा सनाखत गर्न आयोगमा

प्रदेश-१ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका छन्।

उपनिर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पदबारे निर्वाचन आयोग नै अन्योलमा

राष्ट्रिय सभाको निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशबाट १६ सिटमा नेकपाले एकलौटी जित हात पारेको थियो । प्रदेश-२ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको थियो । जसअनुसार प्रदेश १ तर्फ नेकपाबाट महिला तर्फ इन्दिरा देवी गौतम, दलित तर्फ गोपी बहादुर सार्की आछामी र अन्य तर्फ देवेन्द्र दाहाल विजयी भएका थिए । प्रदेश २ मा नेकपाबाट महिला तर्फ तुलसा कुमारी दाहाल र दलित तर्फ राधेश्याम पासवान विजयी भएका छन् ।