महोत्तरीको पिपरा गाउँपालिकामा गत वर्ष भएको झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा पठाइएका ३ जनालाई उच्च अदालत जनकपुरले धरौटीमा छाड्न आदेश दिएको छ । गत महिना पुस ४ मा न्यायाधीशहरू शकुन्तला घिमिरे र रमेश ढकालको संयुक्त इजलासले हत्यामा संलग्न रहेको आरोपमा पुर्पक्षमा रहेका बबलु झालाई २ लाख रुपैयाँ तथा सुरेन्द्र यादव र राजेन्द्र यादव लाई जनही पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । अभियुक्त सुरेन्द्र र राजेन्द्र दुवै दाजुभाइ हुन् ।यसअघि महोत्तरी जिल्ला अदालतले अभियुक्त तारा देवीलाई