काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालकाे उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ । मङ्गलवार बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो ।
बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताउनुभयो । सरकारमा सहभागी बन्ने मन्त्रीहरूको बारेमा भने कुनै छलफल नभएको उहाँले बताउनुभएको छ । ‘संसदीय दलको विधान पारित भएको छ’, अध्यक्ष यादवले भन्नुभयो, ‘जसपा एउटै पार्ट...